भारत र वेष्ट इन्डिजले मुम्बइमा समेफाइलमा प्रतिस्पर्धा गर्दै

भारत आइसिसी ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेटको फाइलनमा पुग्छ वा पुग्दै न भन्ने कुरा धेरै हदसम्म क्रिस गेलको ब्याटिङमा निर्भर रहनेछ । भारत र वेष्ट इन्डिजले बिहीबार मुम्बइमा समेफाइलमा प्रतिस्पर्धा गर्दै छन् । ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा गेलको प्रदर्शन राम्रो छ ।
गेलले अहिलेसम्म ४८ ट्वेन्टी–ट्वेन्टी म्याचमा ३६ दशमलव ८२ को औषतमा १५ सय १० रन बनाएका छन् । उनले भारतसँगका तीन ट्वेन्टी–ट्वेन्टीमा ५१ दशमलव ३३ को औषतमा एक सय ५८ रन बनाएको छ । यसरी हेर्दा समग्रमा ट्वेन्टी–ट्वेन्टीमा राम्रो खेल्ने गेलले भारत विरुद्धको खेलमा अझै आफ्नो प्रदर्शनलाई सुधार गर्ने गरेका छन् । भारतीय पिचमा गेलको ब्याट झन चल्ने गरेको छ । उनले भारतीय पिचमा विश्वकप अन्तर्गत अहिलेसम्म तीन ट्वेन्टी–ट्वेन्टी खेलेका छन्, यसमा इंग्ल्याण्डसँगको खेलमा नटआउट एक सय रनसहित कुल एक सय चार रन बनाएका छन् ।
भारत गेलसँग डराउनु पर्ने अर्को कारण हो, मुम्बईको वानखडे रंगशाल, यही रंगशालमा सेमिफाइलन हुँदैछ । यस रंगशालमा गेलले इंग्ल्याण्डसँगको खेलमा ११ छक्का र पाँच चौकाको मद्दतमा एक सय रनको नटआउट पारी खेलेका थिए । वानखडे रंगशालमा भारतीय टिमले गेललाई रोक्नै नसक्ने भने होइन । यो मैदानमा गेलले आइपिएलका पाँच वटा खेल खेलेका छन् । जसमा उनले ३९ को औषतमा मात्रै एक सय ५९ रन बनाएका छन् । सन् २०११ को आइपिएलमा चेन्नई सुपर किंग्ससँगको खेलमा मात्रै ८ रन बनाएका थिए । यस्तै २०१२ को आइपिएलमा मुम्बई इन्डियन्ससँगको खेलमा यही मैदानमा नटआउट ८२ रन बनाएका गेलले सन् २०१३ को आइपिएलमा मुम्बई इन्डियन्ससँगकै खेलमा १८ रन बनाएका थिए । सन् २०१४ मा मुम्बईसँगकै खेलमा २४ बलमा ३८ तथा सन् २०१५ मा मुम्बईसँगकै खेलमा १२ बलमा १३ रन बनाएका थिए । आइपिएलका चार पारीमा कम रनमा आउट उनलाई आउट गर्न अफस्पिनर सफल भएका थिए । यस्तोमा भारतीय टिमका कप्तान महेन्द्रसिंह धोनीले गेलसामु अफस्पिनरलाई नै प्रस्तुत गर्ने निश्चित जस्तै छ । विगतको इतिहास दोहोरियो भने भारतीय टिमले गेललाई आउट गर्न सक्छ । गेलले आक्रामक ब्याटिङ गर्ने भएकाले उनको यही खुबीलाई उनी विरुद्ध प्रयोग गर्ने रणनीतिमा भारत छ । तर त्यो कतिको समफल हुनेछ भन्ने पछि नै थाहा होला ।