वाइफाई चोरेर चलाउनेलाई कारबाही गरिने


दुबईमा छिमेकीको वाइफाई चोरेर चलाउनेलाई कारबाही गरिने भएको छ । अरुको वाइफाई चोरेर चलाउनु इस्लाम धर्म विपरित भएको भन्दै कारबाही गरिने धार्मिक अधिकारीले बताएका छन् । दुबईको इस्लामिक अफियर्स एण्ड चेरिटेबल ऐक्टिभिटिज डिपार्टमेन्टले जारी गरेको निर्देशनमा अरुको वाइफाइ पासवर्ड चोरेर चलाए त्यो गैर स्लामिक हुने भन्दै कारबाही गरिने उल्लेख छ ।

इस्लामिक अफियर्स डिपार्टमेन्टलाई एक व्यक्तिले इमेल मार्फत चोरीको वाइफाइ बारे प्रश्न गरेपछि डिपार्टमेन्टले कारबाही गरिने जवाफ पठाएको हो । निर्देशनमा भनिएको छ, ‘यदि तपाइँ छिमेकीको वाइफाई चलाउनुहुन्छ भने अनुमति लिन आवश्यक छ, अनुमति लिएर चलाउनु केहि खराबी भएन तर अनुमति बिना चलाउन सक्नुहुन्न ।’ यहि वर्ष अरु क्षेत्रीय धर्मगुरुले पनि यस्तै प्रकारको आदेश जारी गरेको बताइएको छ । दुबईको इस्लामिक अफियर्स एण्ड चेरिटेबल एक्टिविटिज डिपार्टमेन्टले आफ्नो अनलाइनमा सोधिएका सबै प्रश्नको जवाफ दिने गरेको छ । यसमा नमाज र धार्मिक मामिला सम्बन्धी कस्मेटिक सर्जरी र गैरकानुनी तरिकाबाट चलचित्र डाउनलोड गर्ने जस्ता प्रश्न पनि हुने गर्छन् । – एजेन्सीको सहयोगमा