काठमाडौं । केही दिन अघि मात्र एक जना ज्योतिषले चैत्र २९ गते भित्र नेपाल आसपासका कुनै क्षेत्रमा शक्तिशाली भूकम्प जाने बताएका थिए । उनको अनुमान सहि सावित भएको छ ।
हिन्दु कुश क्षेत्रमा ६.६ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । अफगानिस्तान, पाकिस्तान र ताजकिस्तानको सीमा क्षेत्रमा रहेको हिन्दु कुश पर्वत श्रृलाखामामा ६.६ रेक्टर स्केलको भूकम्प गएको हो ।
अमेरिकी भूगर्भ विभागले भूकम्पको केन्द्रविन्दु अफगानिस्तानको असकसाम भएको बताएको छ ।
भूकम्पको धक्का काठमाडौंमा समेत महसुस गरिएको थियो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार काठमाडौंमा अग्ला घरहरुमा मात्र भूकम्पको महसुस भएको थियो ।