सेल्फीको चक्करमा दुई युवा येसरी काटिए ....


नयाँ दिल्ली, सेल्फीको नशा कतिसम्म घातक हुनसक्छ भन्ने कुरा फेरी एउटा घटनाबाट पुष्टि भएको छ । सेल्फी लिने चक्करमा भारतमा दुई युवाको रेलमा काटिएर ज्यान गएपछि मानिसहरु स्तब्ध बनेका छन् । चालु रेलको लिगमा उभिएर सेल्फी लिइरहेको बेला आइरहेको रेलले काटिएर भारतको मिर्जापुरमा दुई युवाको मृत्यु भएको समाचार एजेन्सीहरुले जनाएका छन् । सेल्फी लिँदा मृत्यु भएका युवा हेर्न उठ्ने क्रममा रेलबाट खसेर एक यात्रुको पनि ज्यान गएको छ । तीब्रगतिमा रेल आएपछि त्यहाँ रहेका गेट पालेले ती युवाहरुलाई रेलवे क्रसिङबाट हट्न भनेका थिए । तर उनीहरु अटेर गर्दै सेल्फी लिन लागेपछि ती युवाको रेलमा काटिएर ज्यान गएको हो । रेल्वे अधिकारीका अनुसार तीब्र गतिको ब्रहमपुत्र मेललाई आएको देखेपछि १८ वर्षीय विनोद २० वर्षीय जितेन्द्र अर्को रेल लाइनमा हामफालेका थिएण । एउटा रेलबाट बच्न अर्को रेल लाइनमा हामफालेका उनीहरु अर्को रेल लाइनको तर्फ पनि आएको रेलले काटेपछि दर्दनाक मृत्यु भएको हो । यो घटनालाई रेलबाट हेर्न कोशिस गर्दा ब्रहमपुत्र मेलका एक यात्रुको पनि रेल्वे लाइनमा खसेर ज्यान गएको छ । रेल्वे लाइनमा खसेका उनलाई पनि रेलले ठक्कर दिएपछि मृत्यु भएको हो ।