प्रत्यक्षदर्शीहरुले सो आक्रमणमा परी जनधनको ठूलो क्षति भएको हुनसक्ने अनुमान गरेका छन्। प्राप्त समाचारमा भवनलाई नै लक्ष्य गरेर तीनवटा रकेट आक्रमण भएको देखिएको बताइएको छ।
तीन वटा रकेट आक्रमण भएका थिए र एउटा संसद भवनभित्रै परेको टाढैबाट देखिएको छ-प्रत्यक्षदर्शीले जानकारी दिएका छन्।
प्रत्यक्षदर्शीले सोमबार बिहान स्थानीय समयअनुसार सवा दश बजेतिर तीनवटा रकेट संसद भवनको परिसरभित्रै पर्नेगरी खसेका देखिएको जनाएका छन्।
त्यहाँका एकजना स्थानीय मोहमद सफाले भनेका छन्-संसद भवनमै पर्नेगरी फालिएका ती रकेटका कारण भवन वरिपरि धुवाँ उडेको देखिएको र ठूलो आवाज पनि आएको थियो।
अफगान सुरक्षा स्रोतले प्रारम्भिक अनुसन्धानबाट हाल केही नदेखिएको जनाएको छ। प्ररम्भिक अनुसन्धानबाट कसैको पनि हताहतिको समाचार भने नआएको पाइएको समाचारमा उल्लेख गरिएको छ।
तर रकेट हमलाका कारण निकै नै ठूलो क्षति भएको अनुमान सर्वत्र गरिएको छ। ती रकेट खसेपछि आएको आवाज र आकासमा धुवाँ उडेको अवस्थाबाट पनि क्षतिको अनुमान प्रहरीले गरेको छ।
अफगान प्रहरी र सेनाको संयुक्त सुरक्षा दल घटनास्थलमा पुगिसकेको जनाइएको छ। घटनास्थलबाट प्रहरीले कैयौं सूचना सङ्कन गरिरहेको र केही समयपछि पूर्ण विवरण प्राप्त हुने अनुमान गरिएको छ।
यस घटनाको जिम्मेवारी अहिलेसम्म कसैले लिएको छैन। तर पनि अफगानिस्तानमा भएका यस्ता हिंसात्मक घटनामा यहाँका तालिवानहरुकै हात रहने गरेकोले यसमा पनि उनीहरुको सम्लग्नताको अनुमान अफगान सुरक्षा निकायले गरेको छ। रासस/एपी
BREAKING: a few minutes ago, 3 rockets hitted Parliament building.#Afghanistan pic.twitter.com/2tSg1zNVNE
— zakaria hassani (@zakariahassani4) March 28, 2016
#Taliban claimed responsibility of rocket attack on the #Afghan Parliament.
— Qadir Habib (@QadirHabib) March 28, 2016