सोल-कोरियामा भिसा अवधि समाप्त भए पनि लुकेर काम गरिरहेका अबैधानिक बिदेशी कामदारहरु धमाधम पक्राउ पर्न थालेका छन् |
कोरिया सरकारले अबैधानिक कामदारको संख्या घटाउने नीति सार्बजनिक गरे लगतै उसले अबैधानिक कामदार पक्राउ गर्ने कार्य तीब्र पारेको हो |पक्राउ पर्ने नेपाली कामदार मध्ये २ महिला र ३ पुरुष रहेका छन् |
त्यस्तै ख्यङगीदो सुवनमा रेस्टुरेन्टमा काम गरिरहेकी एक नेपाली महिला पक्राउ परेकी छिन् | रात्रीकालीन काम गरिरहेकी ती महिलालाई खाना खाने बहानामा सादा पोशाकमा आएका प्रहरीले पक्राउ गरेका थिए |
ख्यङगीदो प्रदेशले आफ्नो प्रदेशमा अबैधानिक कामदार प्रयोग नगर्न रोजगारदातालाई निर्देशन जारी गरेको छ | यो निर्देशन संगै कम्पनी,कृषि फर्म रेस्टुरेन्ट संचालन गरेका रोजगारदाताले अबैधानिक कामदारलाई कामबाट निकाल्ने थालेका छन् |
रोजगारदाताले कामबाट निकालेपछि अन्योलमा परेको कामदारले बताएका छन् |
ख्यङगीदोको सुवन,प्यन्थेक क्षेत्रमा बिशेष धरपकड हुने गरेको छ |
कोरिया सरकारले गत मार्च ७ देखि आउदो मे १४ सम्म धरपकड गर्ने योजना बनाएको छ | उसले यो अवधिमा ७० हजार अबैधानिक बिदेशी पक्राउ गर्ने घोषणा गरेको हो