दक्षिण भारतीय चलचित्र बाहुबलीको अन्त्यमा, राजा बाहुबलीका, सेना प्रमुख समेत रहेका अत्यान्तै विश्वास पात्र कटप्पाले हत्या गर्छन् । तर कटप्पाले बाहुबलीको हत्या किन गरे भन्ने प्रश्न उनुत्तरित छोड्दै चलचित्रको पहिलो भाग सकिन्छ ।
२०१६ मा रिलिज हुने भनिएको दोस्रो भागको रिलिज मिति सरेर २०१७ का लागि पुगेको छ । यससंगै कटप्पाले बाहुबलीको हत्या किन गरे भन्ने प्रश्न आम दर्शकहरुमाझ रहस्य बनेको छ ।
दर्शकले सामाजिक संजालमा हत्याको बारेमा विभिन्न कारण देखाउने गरेपनि यकिन कारण भने अहिलेसम्म पनि खुल्न सकेको छैन ।
तर यहि रहस्यका बीच चलचित्रका निर्देशक एस एस राजामोली नै एक कदम अगाडी सरेका छन् । उनले कटप्पाले बाहुबलीको हत्या गर्नुको कारण खोलेका छन् ।
एक अन्तवार्ताका क्रममा सोधिएको प्रश्नमा उनले कटप्पाले बाहुबलीको हत्या गर्नुको रहस्य खाेलेका हुन् । निर्देशक राजामोलीले भने ‘बाहुबलीको आग्रहमै कटप्पाले उनको हत्या गरेका हुन् ।’निर्देशक राजामोलीले बाहुबलीको हत्याका बारे अन्य कुनै कारण खोलेका छैनन् ।
अन्य कारण थाहा पाउन अब दर्शकहरुले बाहुबलीको रिलिज मिति पर्खनु बाहेकको विकल्प छैन ।