काठमाडौं । हिमाल पारीको गाविस बिही- ९ ड्याङकी २४ वर्षीया युवती हुन् पेमा लामा । उनी अहिले मानसिक तनावमा छिन् ।
वैदेशिक रोजगारीमा पाँच वर्ष लेबनानमा बसेर फर्केकी उनलाई युवा समूहले राति जबर्जस्ती घरबाट तानेर लगी दुईजनाको पत्नी भएको घोषणा गरियो ।
यो त्यहाँको सामाजिक परम्परा भए पनि त्यसलाई सहजै स्वीकार्न उनको मन तयार छैन । दुई महिनाअघि उनी लेबनानबाट गाउँ फर्किएकी हुन् । गाउँ फर्किएको चारदिन मात्र भएको थियो ।
लेबनानको सुख दुख साट्न पाएकी थिइनन उनले । घर फर्केको चौथो रात चकमन्न हुदै थियो । पेमा घरमै सुतिरहेकी थिइन् । एक्कासी आठ–दस जनाको दलबल आएर उनलाई तान्न थाले । आधा रात रोइ–कराई गरिन् तर उनको चित्कार सुन्ने कसले ?
बलिया केटाले उनलाई जबरजस्ती काँधमा हाले । बोकेर क्रो पुर्याए । क्रो बिही गाविसको १ नम्बर वडामा पर्छ ।
पेमालाई केटाका बा-आमाले चौरीको घिउको टिका लगाइदिए । आशीर्वाद दिँदै घोषणा गरे, ‘फुर्बु र छेवाङ दुई भाईकी श्रीमती भयौ ।’ त्यहाँको रीति अनुसार पेमा जबरजस्ती दुई भाइकी साझा पत्नी घोषित भइन् ।
उनको एउटा पति आफू भन्दा चार वर्ष कान्छो २० वपार्ष्य पलुर्बु तेन्जिङसँग बिहे भयो । अर्को पति फुर्बुका दाजु २५ वर्षीया छेवाङ हुन उनी दुबइमा छन् । अन्नपूर्ण पाेस्टमा समाचार छ ।